अनिल खनाल र सिम्रन परियारको तीज गीत ‘हर हर महादेव’ बजारमा (भिडियोसहित)

काठमाडौँ । लोकप्रिय गीतकार अनिल खनालको नयाँ तीज गीत हर हर महादेव बजारमा आएको छ । छाडा र उत्ताउला गीतले नेपाली बजार तातिरहेका बेला खनालको शब्द तथा हेमराज डाँगीको संगीतमा यो रोचक टिपिकल तीज गीत बजारमा आएको हो ।

गीतकार खनालले यो गीतमा “को होला मलाइ दिलैमा राख्ने, सम्झिँदा पनि अत्यासै लाग्ने यो दिलमा वास गर, हर हर महादेव हर हर हर तिमी बाहेक यो दिलमा अरु को नै छ र ?”, ‘चाहिँदैन मलाई छपक्कै सुन, कहिल्यै नि नपरोस् मायामा रुन जस्ता टिपिकल नेपाली शब्दहरु समेटेर गीत तयार पारेका छन्।’

Advertisement

पछिल्लो समयकी भाइरल गायिका सिम्रन परियारलाई समेटेर तयार पारिएको यो गीतमा निष्पक्ष चञ्चलपूर्ण माया र भगवान शिवसँग तीजको किम्बदन्ती पनि जोडिएको देखिन्छ । तीजमा धन सम्पत्ति र गरगहना, तडक भडकभन्दा पनि आफुँलाई माया चाहिने भन्दै नारी प्रतिनिधिलाई उदार सादगी रुपमा देखाइएको छ।

गायक हेमराज डाँगी र भाइरल गायिका सिम्रन परियारको सुमधुर स्वर रहेको गीतको म्युजिक भिडियोमा गायक गायिका स्वयम् दिनेश र सिम्रनको अभिनय रहेको छ । भिडियोको निर्देशन दिनेश सिंह ठकुरीेले गरेका हुन् । गीत मालिका रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो।

More News last news
Loading...