नयाँ पुस्ताका लोकप्रिय गायक प्रकाश तिमिल्सिनाको निधन

काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ। तिमल्सिनाको शनिबार साँझ निधन भएको हो । घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्‍याएको र अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

गायक तिमल्सिना भैँसेपाटीमा बस्दै आएका थिए । तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीत लोकप्रिय छन्। तिमिल्सिनाको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ।

Advertisement

More News last news
Loading...