मनमोहनको छतबाट हामफालेका स्वरुपराज आचार्यको मृत्यु !

काठमाडौं । मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट एक युवकले हामफालेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ट्रान्सप्लान्ट सेन्टरको छैटौं तलामा रहेको एस क्याफेको छतबाट हामफालेका उनको मृत्यु भएको हो।

मृत्यु भएका युवक काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षका स्वरुपराज आचार्य रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले पुष्टि गरेको छ। घटना भए उनको लगत्तै उद्धार गरी उपचार थालिएको भए पनि गहिरो चोटका कारण उनलाई जोगाउन नकसिएको अस्पतालको भनाइ छ।

Advertisement

उनले सेन्टरको छैठौँ तलामा रहेको एस क्याफेमा कफी पिएर बसेको केही समयपछि हामफालेको बताइएको छ।
उनी त्रिवि शिक्षण अस्पताल र मनमोहन कार्डियो सेन्टरमा उपचाररत बिरामी वा उनका आफन्त नभएको पनि प्रहरीले उल्लेख गरेको छ।

More News last news
Loading...