काठमाडौँ । साउन ९ गते सौर्य एयरलाइन्सको दुर्घटनापछि १५ दिनको अन्तरालमा नेपाली आकाशमा अर्को हवाई दुर्घटना भएको छ । बुधबार काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुर गाउँपालिकास्थित सूर्यचौरमा दुर्घटनाग्रस्त हुन पुगेको हो ।
हेलिकप्टरमा सवार पाइलटसहित ५ जनाको यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।
यसअघि यहीँ साउन ९ गते काठमाडौँबाट पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको बम्बार्डियर जहाज उडान भर्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । जुन दुर्घटनामा १८ जनाको (पाइलट बाहेक) मृत्यु हुन पुगेको थियो । योसँगै १५ दिनमा हवाई दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २३ पुगेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
