काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ। यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक) का लागि पोखरा जाने क्रममा थियो। ९एन–एएमई जहाजमा १९ जना सवार थिए।
उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा दुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टि भएको छ। दुर्घटनामा परेका १९ जनामध्ये ३ जना चालक दलका सदस्य रहेको बताइएको छ।
उक्त जहाज आज बिहान करिब ११ बजे पोखरा जानेक्रममा विमानस्थलमा चिप्लिएर दुर्घटनामा परेको थियो। जाहजका क्याप्टेन मनिष शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंलमा लगिएको बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
