काठमाडौं । राष्ट्रिय सभाका सांसद पदम बहादुर परीयारले अहिलेको सरकारमा दलित समुदायको प्रतिनिधित्व नहुनु गैर संबैधानिक भएको बताएका छन।
राष्ट्रिय सभाकाे आजकाे बैठकको विशेष समयमा बोल्दै सांसद परियारले हालको सरकार तथा यस भन्दा अगाडिका सरकारले पनि दलित समुदायको यथोचित प्रतिनिधित्व नगराएर ६० लाख भन्दा बढि दलित समुदायलाइ दुखी बनाएको बताएका छन ।
पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डतर्फ लक्षीत गर्दै सम्माननिय पुर्ब प्रधानमन्त्रीले तथ्यांकसहीत दलित सहभागिताको अवश्थाको बारेमा संसदमा विश्लेषण गरेको र त्यहाँबाट नै नेपालका दुइ ठुला नेताहरुकोे इगो हर्ट भएका कारण पनि दलित समुदायको यस सरकारमा सहभागीता सुनिश्चित हुन नसकेको सांसद परियारले बताएका छन ।
यस्तै सांसद परियारले मनसुनको शुरुवातसँगै आएको बाढि पहिरो लगायतका विपदका घटनाबाट सयौ नागरिकको ज्यान गुमेको बताउँदै, उहाँहरुलाइ बेलैमा बचाउन नसके पनि प्रभावित परिवारलाइ मन फुकाएर सहयोग गर्न पनि सांसद परियारले सरकारसँग माग गरेका छन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
