थानकोट । थानकोटस्थित चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले साउन महिनाका ४ दिन केबलकारको टिकट खरिदमा छुट दिने भएको छ ।
हिल्सद्धारा बिहीबार जारी विज्ञप्तीमा जनाइए अनुसार साउन महिनाको हरेक सोमबार साँझ ५ बजेपछि खरिद हुने टिकटमा ५१.५१ प्रतिशत छुट उपलब्ध गराइने उल्लेख छ ।
साउन महिनाको सोमबार हुने विशेष आरतीमा दर्शनार्थीहरूको सहभागिता बढाउन हिल्सले सो छुट सुविधा ल्याएको हो। चन्द्रागिरि डाँडास्थित भालेश्वर मन्दिरमा गतवर्षबाट साउन महिनाको सोमबार विशेष आरती हुँदै आएको छ ।
हाल नेपाली नागरिकहरूले चन्द्रागिरि केबलकार चढ्न ८२५ रूपैयाँ तिर्दै आएका छन् । यो केबलकारको दुईतर्फी टिकट दर हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
