युवा बिज्ञ लामिछानेलाई राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार

काठमाडौं । युवा बिज्ञ सबिन लामिछाने राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट सम्मानित भएका छन् । युवा सशक्तिकरण तथा नेतृत्व बिकासका मार्फतबाट समग्र नेपालको युवा समुदायको बिकास तथा प्रवर्धनमा योगदान पुर्याएको भन्दै नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले नगद सहित लामिछानेलाई राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट सम्मान गरेको हो ।

आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव सुमनराज अर्यालले लामिछाने सहित अन्य विभिन्न विद्याका ८ जना युवालाई नगद रु १ लाखसहित पुरस्कार वितरण गरे । विगत एक दशकदेखि युवाका समग्र विकास र युवासँग सम्बन्धित बिषयमा क्रियाशील चाँगुनारायण नपा ७, भक्तपुर निवासी लामिछानेले विशेष गरि युवा सशक्तीकरण, युवा सहभागिता, युवा उद्धमशिलता, नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा शान्ति निर्माणको क्षेत्रमा कार्य गर्दै आएका छन्।

Advertisement

उनले युवा संस्था, स्थानिय सरकार, शैक्षिक संस्था, राष्ट्रिय र अन्तराष्ट्रिय गैर सरकारी संस्था तथा संयुक्त राष्ट्र संघमा आवद्ध रहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाली युवाहरुको बिकासको क्षेत्रमा काम गर्दै आएका छन्। लामिछाने हाल संयुक्त राष्ट्र संघिय खाद्य तथा कृषि संगठनमा राष्ट्रिय युवा बिज्ञको रुपमा आबद्ध रहेका छन्।

लामिछाने सन् २०२१ मा स्विस सरकार, जेनेवा सुरक्षा नीति केन्द्र तथा संयुक्त राष्ट्रसंघ तालिम तथा अनुसन्धान संस्थानको ‘वरिष्ठ शान्ति निर्माण तालिम’ मा विश्वभरबाट चुनिएका २२ विज्ञहरूमध्येमा एकमात्र युवा नागरिक समाज प्रतिनिधिका रूपमा लामिछाने चुनिएका थिए ।

युवाका बिकासमा योगदान पुर्याए वापत लामिछाने स्वीडेन सरकारद्वारा प्रदान गरिने एसआई एडभोकेसी ल्याब २०२२ का लागि विश्वभरिका ३५ प्रभावशाली युवा अभियान्ताका रूपमा सम्मानित भएका थिए ।

More News last news
Loading...