महेश बस्नेतविरुद्ध उजुरी दिने शोभा पाठक पक्राउ, ५ दिन म्याद थप

काठमाडौँ । धादिङकी शोभा पाठकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सोमबार प्रहरीको साइबर ब्युरोको टोलीले ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिको चरित्रहत्या हुनेखालका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनी पक्राउ परेकी हुन् । एमालेका नेता महेश बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै उनले उजुरी समेत दिएकी थिइन् ।

Advertisement

साइबर अपराधको कसूरमा पक्राउ परेकी शोभा पाठकविरुद्ध ५ दिनको म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतबाट ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको प्रहरीको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले बताए । एक महिलाको चरित्र हत्या गरेको आरोपमा पाठकविरुद्ध उजुरी परेको थियो ।

More News last news
Loading...