समिक्षा पाण्डे
चितवन । नेपाल मोबाइल ब्यवसायी महासंघले मोबाइल फोनमा तत्काल एमडीएमएस प्रणाली लागू गर्न माग गरेको छ। काठमाडौमा शुक्रबारबाट सुरु महासंघको दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभामार्फत महासंघले मोबाइल फोनको गैह्र कारोबार रोक्न तत्काल एमडीएमएस प्रणाली लागू गर्नु पर्ने बताएको हो।
`एमडिएमएस लागू नहुदा गैह्र कारोबार बड्दो छ, यसलाई रोक्न सरकारले ध्यान देओस, सरकारले त्यसका लागि तत्काल एमडिएमएस प्रणाली लागू गर्नु पर्छ,´महासंघका अध्यक्ष भरत भट्टराईले महाधिवेशन उद्घाटनमा आफ्नो धारणा राख्दै भने।
उनले ग्रे फोन अर्थात भन्सार छलीबाट भित्रीएका मोबाइलले नेपालको मोबाइल ब्यवसाय मारमा परेकोसमेत बताए । भन्सार छली गरेर भित्रने ग्रे फोनका कारण नेपाली मोबाइलको कारोबारको अवस्था बिग्रीएको तथा त्यसले देशको राजस्वमा समेत असर गरिरहेको उनले बताए।
`अहिले ग्रे फोनले नेपाली मोबाइल ब्यवसायीहरु मारमा छन, भन्सार छलेर भित्रने मोबाईलले बजार बिगारेको छ, त्यसले गर्दा देशको राजस्वमा वार्षिक अर्बै रुपैंया घाटा भैरहेको छ, ग्रे फोनको बढ्दो कारोबार तत्काल नरोक्ने हो भने अवस्था झन बिग्रने खतरा छ,´ महासंघका अध्यक्ष भट्टराईले भने ।
महाधिवेशन मार्फत महासंघको आगामी कार्यकालका लागि नेतृत्व चयन हुदैछ। महाधिवेशनका लागि ७० जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी भएका छन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
