एकै दिन ट्राफिक नियम उल्लङ्घन गर्ने १००० भन्दा धेरैलाई प्रहरीले स्वयंसेवक खटायो

काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाहीमा परेकाहरुलाई प्रहरीले सडकमा गाडी व्यवस्थापन गर्ने काममा खटाउन थालेको छ। हिजो एकैदिन एकहजार तीनसय दुई जनालाई स्वयंसेवकको रुपमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उनीहरुलाई बिहान ९ बजेदेखि ५ बजेसम्म काठमाण्डौका बिभिन्न चोकमा खटाइएको थियो ।

उनीहरुलाई काठमाण्डौ, ललितपुर र भक्तपुर क्षेत्रमा स्वयंसेवकका रुपमा गाडी व्यवस्थापनमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । जाँडरक्सी खाएर गाडी चलाउने, लेन मिच्ने, द्रुत गति, सङ्केत बत्तीको बेवास्ता लगायतका ट्राफिक नियम उल्लङ्घन गर्ने हरेकलाई एक घण्टा स्वयंसेवकका रुपमा सडकमा खटाइएको उहाँले बताउनुभयो ।

Advertisement

गृहमन्त्री रवि लामिछानेले अस्ति मङ्गलवार गणतन्त्र दिवसको दिन ट्राफिक महिलाले महिनावारीको चार दिन सडकमा खटिनु नपर्ने भन्दै उनीहरुको ठाउँमा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुलाई स्वयंसेवकको रुपमा खटाउने निर्णय गर्नुभएको थियो ।

More News last news
Loading...