काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवाले सिरोहियालाई हाजिर जमानीमा छाड्ने निर्णय गरिएको बताए।
सोमबार जिल्ला अदालत धनुषाले उनलाई तेस्रो पटक ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। स्वास्थ्य समस्याको कारण सिरोहिया ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् । उनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । प्रहरीले बोलाएको बेला सिरोहिया उपस्थित हुनुपर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
