कांग्रेस क्षेत्र नं ९ को नेता, कार्यकर्ता र पार्टीका जनप्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौं कांग्रेस क्षेत्र नं ९ को क्षेत्रीय कार्यसमितिले पार्टीका पदाधिकारी, सदस्यहरु र निर्वाचित स्थानीय जनप्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रम गरेको छ। अन्तरक्रिया कार्यक्रममा क्षेत्रमा भएका विकास निर्माणसंगै चालु तथा प्रस्तावित योजनाको कार्यान्वयनको अवस्था र संगठन सुदृढीकरण लगायतका विषयमा छलफल भएको क्षेत्रीय कार्यसमितिले जनाएको छ।

क्षेत्रिय सभापति जयकृष्ण महर्जनको सभापतित्वमा सम्पन्न अन्तरक्रियामा केन्द्रीय सदस्यद्वय ध्यानगोविन्द रञ्जित र नानु वास्तोला, पार्टीका पूर्वकेन्द्रीय सदस्य किरण गिरी, महासमिति सदस्यहरु रीता ढकाल दवाडी, वडा न १४ का वडाध्यक्ष सुमन श्रेष्ठ, सुरेश परियार, धर्मराज गौतम, कल्याणी खड्का, गोमा गुरुङ, अमिता प्रधान, सुधा रिजाल, दिलमाया अधिकारी र शैलेस कर्माचार्य लगायतले आफ्नो धारणा अभ्यिव्यक्त गर्नुभएको थियो।

Advertisement

त्यस्तै पार्टीका निर्वाचित स्थातनीय तहमा निर्वाचित नगरका जनप्रतिनिधिहरु कामनपा-१२ का वडाध्यक्ष वालकृष्ण महर्जन, कामनपा १४का वडाध्यक्ष सुमन श्रेष्ठ, चन्द्रागिरि नगरपालिका-१ का वडाध्यक्ष हरिश्याम रानामगर, चन्द्रागिरि-१३ का वडाध्यक्ष श्रीकृष्ण खत्री, चन्द्रागिरि १२का वडा सदस्य प्रदीप अधिकारी, नागार्जुन नगरपालिका-६ का वडाध्यक्ष देवेन्द्रराज गिरी, नागार्जुन-९ का वडाध्यक्ष रामकृष्ण भट्टराई, १०का वाडाध्यक्ष सुन्दरबहादुर केसी लामिछाने लगायतले वडामा योजना तर्जुमा गर्दा र बजेट खर्च गर्दा पार्टीको वडा समितिसँगै समन्वय र सहकार्यमा कार्य सम्पादन गर्दै आएको बताए।

त्यस्तै, पार्टीका जिल्ला कोषाध्यक्ष राजेन्द्र वुढाथोकी, जिल्ला सदस्य शुक्र तामाङ, महाधिवेशन प्रतिनिधि तथा जिल्ला कार्यसमितिका पूर्वउपसभापति गौरीप्रसाद दवाडी, बासु कार्की, उज्वल बज्राचार्य, सुनिलकुमार श्रेष्ठ, श्यामकृष्ण खड्का, रामेश्वर भट्टराई, लब ढुंगाना, प्रदेश सभापति मोहनकुमार बस्नेत र राजेन्द्र प्रसाद भट्टराई, पार्टीको नागार्जुन नगरसभापति दुर्गाप्रसाद गौतमले पार्टीले क्षेत्रमा गरेका क्रियाकलाप र गतिविधि तथा संगठनको मौजुदा अवस्था र रुपान्तरित भावी अवस्थाको मार्ग चित्र सहितको धारणा अभिव्यक्त गर्नुभएको थियो ।

More News last news
Loading...