काठमाडौं । काठमाडौंको कीर्तिपुरमा आइतबार यात्रीवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् ।
कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने बा३ख २०२७ नम्बरको बस कीर्तिपुर आयुर्वेदिक अस्पतालअगाडि दुर्घटना भएको हो । घाइते तीनजनालाई अस्पताल लगिएको छ । उनीहरूको उपचार जारी छ ।
आइतबार दिउँसो करिब पौने ३ बजे भएको उक्त दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
