१३ वर्षीया बालिकाका दूवै मृगौला फेल, ट्रान्सप्लान्टमा सघाउन परिवारको अपिल 

काठमाडौँ । नुवाकोटकी १३ वर्षीया बालिका दुवै मृगौला फेल भइ उपचारको क्रममा छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–१२, निवासी पिताम्बर डोटेलकी छोरी सुप्रभा डोटेलको दुबै मृगौला ड्यमेज भएका हुन् ।

परिवारका अनुसार, मृगौला पीडित डोटेलको फोक्सोमा पनि पानी जमेर बिगत २७ दिनदेखि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

Advertisement

उपचारका क्रममा धेरै धनरासी खर्च भैसके पनि स्वास्थ्यमा कुनै सुधार नभएको र थप उपचारका लागि आर्थिक अभावका कारण कठिनाई परेको भन्दै पीडितका बाबु पिताम्बर डोटेलले आर्थिक सहयोग गर्न सबै नेपालीसामु अपिल समेत गरेका छन् ।

बिरामीको नामः सुप्रभा डोटेल
बाबु : पिताम्बर डोटेल [9868819460]
ठेगानाः बेल्कोटगढी न.पा. – १२, नुवाकोट

रोगः दुबै मृगौला पुरै १००% काम नलाग्ने भई प्रत्यारोपण गर्नुपर्ने, फोक्सोमा समेत पानी जमेको ले डाईलोसिस गरी राखिएको अवस्था छ।
हालः गत २६-२७ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा भर्नागरी राखिएको l
[सहजताका लागि हरिसरण सिलवाल: ९८५११५६०९७]

सहजताका लागि पीडितका बाबुको क्यूआर

 

More News last news
Loading...