‘प्रेमी’ले भिडिओ भाइरल बनाएपछि पशुपतिले छाडिन् संसार, सरी ममी-पापा भन्दै लेखेकी रहिछन् भावुक पत्र ! [पत्र सहित]

काठमाडौँ । बैतडीको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी एक किशोरीले आत्महत्या गरेकी छन्। ‘प्रेमी’ले गोप्य भिडिओ भाइरल बनाएपछि १७ वर्षीया पशुपती महराले आत्महत्या गरेकी हुन्।

डोटीका प्रकाश बलायरले पशुपतीलाई सामाजिक सञ्जालबाट साथी बनाएको र ललाईफकाई सम्बेदनशील अंग देखाउन लगाई भिडियो सामाजिक सञ्जालका ग्रुपहरुमा शेयर गरेपछी आत्महत्या गर्न बाध्य बनाएको बताइएको छ।

Advertisement

पशुपति घरनजिकैको खालीपातल सामुदायिक वनभन्दा केही तल रुखमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। पशुपति कफलकोटस्थित रौलेश्वर माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्थिन्।

सामाजिक सञ्जालमा सेयर भएका तस्बिरहरु समेत आफन्तले फेला पारेका छन् । उक्त तस्बिर सहितका विवरणहरु समेत प्रहरीलाई बुझाइएको छ । किशोरीको कोठामा ‘सूसाइड नोट’ फेला परेको छ ।

पशुपतिको कोठामा भेटिएको कापीमा ‘प्रकाश बलायर र उनको पासवर्ड’ लेखिएको पाइएको छ। यस्तै पशुपतिले आत्महत्या गर्नुअघि दुई पाना लामो सन्देश छाडेकी छन्।

उनको कोठामा पाइएको उक्त सन्देशमा परिवारका सदस्य र इष्टमित्रलाई सम्झदै क्षमा मागेकी छन्। आत्महत्याको कारण भने खुलाएकी छैनन्। (सरी ममी, पापा, भाई तपाईहरुको सपना पूरागर्न सकिन, अर्काेजुनी तिम्रै दिदी भएर आउनेछु, बुवा आमाको राम्रोसँग ख्याल राख्नु र मेरो दादा रक्सी नखानु, भाउजुलाई धेरै माया गर्नु, भाईको गायक बन्ने सपना थियो, यो सपना पूरा होस् भगवान, पृय साथीहरु र इस्टमित्र सबैलाई सम्झेकी छु, ….

लभ यू मम,
लभ यू पापा,
लभ यू भाई,
लभ यू दिदी,
बाबा बिरामी हुनुहुन्छ, ख्याल गर्नुहोला, सबैलाई सम्झेको छु लभ यू अल….)

More News last news
Loading...