काठमाडौँ । काठमाडौँको छाउनीमा एकजना चिकित्सक मृत अवस्थामा फेला परेकी छन्। काठमाडौँ महानगरपालिका–१३ छाउनीमा एक चिकित्सक मृत फेला परेकी हुन्। मृत फेला पर्नेमा ३४ वर्षकी सर्जन डा. प्रतिभा धौभडेल रहेकी छन्। उनी काठमाडौँ महानगरपालिका–१३ छाउनी स्थिति घरमा बिहिबार बिहान मृत फेला परेको बताइएको छ।
बिहीबार विहान साढे ८ बजे छाउनीस्थित घरमा प्रतिभा मृत अवस्थामा भेटिएको कालिमाटी प्रहरीका प्रमुख डिएसपी रुपक खड्काले बताए। सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए।
तर अस्पतालमा उनलाई मृत घोषणा गरियो। उनी जिल्ला अस्पताल धादिङमा कार्यरत थिइन्। प्रतिभा घरायसी कामका लागि भन्दै एक हप्ताको विदामा बसेकी थिइन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालबाट जनरल सर्जरीमा एमडी गरेकी उनले काठमाडौं युनिभर्सिटीको सम्बन्धन प्राप्त भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस गरेकी थिइन्।
३४ वर्षीया प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । असार २५ बाट धादिङ अस्पतालमा कार्यरत उनी बिदामा काठमाडौँ आएकी हुन् । घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
