बागमती सरकारमा लौरो, नयाँ मन्त्रीले लिए सपथ

हेटौंडा । बागमती प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बिहीबार हाम्रो नेपाली पार्टी (हानेपा) का प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनाएर सरकार विस्तार गरेका हुन् । बज्राचार्यले आजै मन्त्री पदको शपथ लिएका छन् ।

अब बागमती प्रदेश सरकारमा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सामेल भएका छन् । भने, एमाले केही दिनभित्र सरकारमा सामेल हुने जनाइएको छ ।

Advertisement

११० सदस्यीय बागमती प्रदेशमा हालको नयाँ सत्ता समीकरणसँग ५५ सिट मात्र रहेकाले २ सिटको लौरोधारी हानेपा सरकारमा सामेल भएपछि जम्मकट्टेल नेतृत्वको सरकारले बहुमत प्राप्त गरेको छ ।

More News last news
Loading...