राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएको छ । अर्यालले बिहीबार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाउनु भएको हो ।

राष्ट्रिय सभाको अध्यक्षका लागि इच्छा देखाएकी अर्यालले सो पदमा नारायण दाहाल निर्वाचित भएसँग असन्तुष्ट रहेको बताइएको छ ।

Advertisement

२०७९ माघ २३ गते माओवादी कोटाबाट उहाँ राष्ट्रिय सभाको उपाध्यक्ष बन्नुभएको थियो ।

More News last news
Loading...