काठमाडौं । काठमाडौंको पशुपतिनजिक जंगलमा एक किशोरीको शव भेटिएको छ। गोरखनाथ मन्दिरमाथिको जंगलमा बिहान मर्निङ वाक गएकाले बिहान रुखमा झुण्डिएको अवस्थामा एक युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जानकारी प्राप्त हुनासाथ घटनास्थलमा पुगेको प्रहरीले उक्त शव सिन्धुली घर भई हाल कपनमा बस्ने सुस्मिता थापाको भएको जनाइएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको हुनसक्ने देखिएको छ । थप अनुसन्धान भइरहेको उनले बताए ।
केही दिनअघिदेखि सुस्मिता हराएको भन्दै उनका आफन्तले खोजी गरिदिन सामाजिक सञ्जालमा अपिल गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
