विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

काठमाडौं । विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कञ्चनपुरको भिमदत्त नगरपालिका-४ कालीपुलस्थित नहरमा सोही ठाउँ बस्ने ३५ वर्षीय चन्द्र बहादुर बिष्ट मंगलबार मृत अवस्थामा फेला परेका छन् । घटनाको अनुसन्धान एवम् सोधपुछको लागि ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी जुम्लाको गुठिचौर गाउँपालिका-२ बस्ने ५६ वर्षीय मुन बहादुर बुढा सोही ठाउँस्थित कुडिसेन्टर खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

Advertisement

यस्तै, ताप्लेजुङको मैवाखोला गाउँपालिका-३ तम्बे बस्ने ३७ वर्षीय लक्ष्मी राज लिम्बु पनि सोही ठाउँस्थित सल्ले जंगलको भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन्। आइतबारदेखि घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो।

यसैगरी, चितवनको भरतपुर महानगरपालिका-१ पोखरा बसपार्क पछाडि नारायणी नदीको तिरमा तनहुँ देवघाट गाउँपालिका-५ बस्ने ५१ वर्षीया सारदा पौडेल मंगलबार मृत अवस्थामा फेला परेकी छन्।

More News last news
Loading...