एनआरएनए अष्ट्रेलियाको लेटरहेड र अध्यक्षको विवरण दूरुपयोगको आरोप, सरकारी निकायमा उजुरी

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले संस्थाको लेटरहेड, अध्यक्षको हस्ताक्षर लगायतका विवरणको गलत प्रयोग गरी एक नेपालीलाई अष्ट्रेलिया ल्याउनका लागि भिसा मिलाउने प्रयास गरेको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएको छ । संघका अध्यक्ष अनिल पोखरेल, महासचिव सन्तोष कुँवर प्रवक्ता बबिन मिश्रले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको गम्भीर निन्दा गरेका हुन् ।

एनआरएनए अष्ट्रेलियाको लेटरहेड र अध्यक्ष पोखरेलको हस्ताक्षरको गलत प्रयोग गर्दै अष्ट्रेलियाको बुरवुडमा आयोजिट हुने होली फेस्टिभलका लागि नेपालबाट एक व्यक्तिलाई भिसा मिलाएको पाइएपछि संघले संयुक्त विज्ञप्ति जारी गरेको हो । सो घटनाबारे अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्नका लागि अष्ट्रेलियाको प्रहरीमा समेत उजुरी दिइएको संघले जनाएको छ ।

Advertisement

संघले भनेको छ,‘एनआरएनए अष्ट्रेलिया कुनै पनि चाडपर्वसँग सम्बन्धित नभएको स्पष्ट पार्दछ भने संस्थाको विवरण, अध्यक्ष तथा विधानको कागजात फर्जी रुपमा प्रयोग गरिएको संघको ठहर छ । यस्ता कार्यले हाम्रो समुदाय र संघ तथा संघका सदस्यहरूप्रतिको विश्वासमा ठेस लाग्ने देखिन्छ ।’

यस्तो भ्रामक तथा गलत कार्यका विरुद्ध ‘फ्रिडम अफ इन्फरमेसन’ (एफओआई) अन्तर्गत ओएआईसीलाई दोषीलाई कानूनी कारबाही गर्नका लागि अनुरोध समेत गरेको संघले जनाएको छ । साथै घटनाको बारेमा अध्यागमन विभाग र अष्ट्रेलियाको संघीय प्रहरीलाइ समेत जानकारी गराइएको संघले विज्ञप्तिमार्फत जनाएको छ ।

संघले भनेको छ,‘भिसा आवेदनका लागि व्यक्तिगत विवरणहरूको थप दुरुपयोग रोक्नका लागि यस विषयमा थप छानबिन गरी यथाशीघ्र कारबारही गर्न समेत आग्रह गर्दछौँ ।’

More News last news
Loading...