काठमाडौँ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ काठमाडौँ महानगरपालिका १४ को प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौँ क्षेत्र नं ९ का नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघका सभापति भरत तन्दुकारको सभापतित्व तथा नेपाली कांग्रेसका महासमिति सदस्य तथा कामपा-१४ का वडाध्यक्ष सुमन श्रेष्ठको प्रमूख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।
शनिबार सम्पन्न अधिवेशनले विकल श्रेष्ठ (सगुन) को सभापतित्वमा सर्वसम्मत कार्यसमिति गठन गरेको छ।कार्यसमितिको उपसभापतिमा प्रकाश कुमार प्रधान, सचिवमा महेश कास्ती, सह-सचिबमा सचिन श्रेष्ठ र सिद्धार्थ मानन्धर चयन भएका छन् ।
यसैगरी, महिला सदस्यहरुमा रामदेवि मर्हजन, रुपा गुरुङ, केशरी डंगोल, सर्मिला श्रेष्ठ तथा सदस्यहरुमा रबिन बज्राचार्य, बिपिन श्रेष्ठ, सुमन मर्हजन, प्रेम महर्जन रहेका छन् ।
यसैगरी, अधिवेशनले क्षेत्रिय प्रतिनिधि पनि छनोट गरेको छ । अधिवेशनले बिकल श्रेष्ठ, भरत तण्डुकार, कविता मर्हन, रामदेवि महर्जन, देबेन्द्र तण्डुकार, पहलमान मर्हजन र बिनोद डंगोललाई क्षेत्रिय प्रतिनिधि छनोट गरेको हो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
