काठमाडौं । देशका विभिन्न स्थानमा ७ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार-कैलालीको धनगढी उपमहानगरपालिका-१६ बेहडाबाबा बस्ने भिखुराम चौधरीको घरमा भारत लखिमपुर घर भएका ५५ वर्षीय अर्जुन बर्मा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
कैलालीकै गोदावरी नगरपालिका-४ फुलबस्ती बस्ने ४२ वर्षीय गणेश बुढाथोकी सोही ठाउँस्थित भट्टीखेडामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । माघ १८ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका-५ चौतारा बस्ने ५० वर्षीय अमिर बहादुर श्रेष्ठ सोही ठाउँ बस्ने कृष्ण बहादुर माझीको घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
रसुवाको आमाछोदिङ्मो गाउँपालिका-५ माथिल्लो रुङ्गास्थित निर्माणाधिन सान्जेन खोला किनारमा सान्जेन खोला जलविद्युत आयोजनाको हाईड्रो पावरमा काम गर्ने काभ्रे मण्डनदेउपुर नगरपालिका-१० घर भएका २७ वर्षीय आयुष लामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
दैलेखको आठविस नगरपालिका-८ ढलेबाज बस्ने १६ वर्षीय आकाश नेपाली सोही नगरपालिका-८ चुनारा गैराको भिरको गोरेटो बाटोबाट करिब २ सय मिटर तल शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
तनहुँको भानु नगरपालिका-१ साजबोटेस्थित सार्वजानिक शौचालयको अगाडि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५६ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-२ पुनर्वास बस्ने ५५ वर्षीया चोली माया सार्की सोही ठाउँस्थित चतरा-झुम्का नहरको पानीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
