प्रथम अन्तर विद्यालय रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता, नेपालय पब्लिक जोरपाटी विजयी

कीर्तिपुर । प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगितामा आज भएका खेलमा नेपालय पब्लिक इंग्लिश स्कुल, जोरपाटी विजयी भएको छ ।  नेपालयले हारती शिक्षा मन्दिर सितापाईलालाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

पालय पब्लिक इंग्लिश स्कुल, जोरपाटीको तर्फबाट सन्देश गौडेल, रणविर तामाङ्गले क्रमश २/२ गोल गरेका थिए भने १ गोल आत्मघाती समेत भएको थियो।

Advertisement

यसैगरी, आजै भएको अर्को खेलमा दुई स्कुल बराबरीमा रोकिएका छन् । ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुर र जेम्स स्कुल, धापाखेलबीच भएको लिग चरणको खेलमा १-१ गोल गरी बराबरीमा रोकिएका हुन् । जसमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुरका खेलाडी प्रत्युष हमाल र जेम्स स्कुल, धापाखेलका खेलाडी जोयल लामाले १/१ गोल गरेका थिए ।

आजको खेलमा जेम्स स्कुल धापाखेलका उत्कृष्ट खेलाडी आशिष पाण्डेलाई म्यान अफ द म्याच  घोषित गरी यस विद्यालयका प्रधानाचार्य युवराज पराजुलीले ट्रफी प्रदान गरेका थिए भने नेपालय पब्लिक इंग्लिश स्कुल, जोरपाटीका खेलाडी चेङ्गा लामा म्यान अफ दि म्याच घोषित भए । उनलाई यस विद्यालयका समादेशक सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाईले ट्रफी प्रदान गरेका थिए ।

भोलि मिति 2080/10/25 गते हुने खेलहरु

१. ग्रिन भिलेज सेकेण्डरी स्कुल कीर्तिपुर,विरुद्ध लिटिल एन्जल्स स्कुल, हात्तिबन ललितपुर  ।

२. नेपाल पुलीस स्कुल, सागाँ विरुद्धकाव्या स्कुल, बुद्धनगर काठमाण्डौ।

More News last news
Loading...