काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, कलंकीका सर्वेक्षक र लेखापढी व्यवसायीलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। आयोगले सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई आज (बुधबार) नापी कार्यालय कलंकीबाटै पक्राउ गरेको हो ।
चौलागाईंसँग ४५ हजार र पोखरेलसँग ५५ हजार घुस बरामद भएको आयोगले जनाएको । जग्गा हाल साबिक र कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने भनेर उनीहरूले सेवाग्राहीसँग घुस लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
