कक्षा ११ र १२ को परीक्षाका लागि फागुन २१ गतेभित्र आवेदन फाराम बुुझाउनुपर्ने

काठमाण्डाै । कक्षा १२ को नियमित, ग्रेडवृद्धि तथा कक्षा ११ को ग्रेडवृद्धि परीक्षाका लागि विद्यार्थीले फागुन २१ गतेभित्र फारम भर्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा सञ्चालन गरिने कक्षा ११ को ग्रेडवृद्धि र कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने नियमित र ग्रेडवृद्धितर्फका विद्यार्थीका लागि माघ मसान्तभित्र परीक्षा शुल्क बापतको रकम दाखिला गर्न भनेको छ ।

माघ मसान्तभित्र रकम दाखिला गर्न छुटेका विद्यार्थीहरुले फागुन १५ गतेसम्म अविलम्ब शुल्कसहित रकम बुझाइ राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भर्न सक्नेछन् ।

Advertisement

सम्बन्धित विद्यालय र क्याम्पसहरूले विद्यार्थीहरूले भरेको फाराम सङ्कलन गरी रकम बुझाएको बैंक भौचर वा डिजिटल भुक्तानी गरेको अवस्थामा त्यसको प्रमाणसहित फागुन २१ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फाराम बुझाउन पनि बोर्डले भनेको छ ।

More News last news
Loading...