पोखरा । पौडेल वंश महासंघको यही पुुस २७ र २८ गते बाँके जिल्लाको कोहलपुरमा भएको दोस्रो महाधिवेशनले हरिराम पौडेल (कास्की)को नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शालिग्राम पौडेल (चितवन), महिला उपाध्यक्ष जमुना पौडेल(सर्लाही) र उपाध्यक्षमा विजय पौडेल(मोरङ) छन् । प्रदेश उपाध्यक्षहरूमा कमलप्रसाद पौडेल(कोशी), गोविन्दप्रसाद पौडेल(मधेस), दीपकप्रसाद पौडेल (बागमती), शारदा पौडेल (गण्डकी), शालिकराम पौडेल (लुम्बिनी), नरहरि पौडेल (कर्णाली) र दुर्गाप्रसाद पौडेल (सुदुरपश्चिम) छन् ।
महासचिवमा उद्धवप्रसाद पौडेल (सुनसरी), सचिव रामप्रसाद पौडेल (काठमाडौं), कोषाध्यक्ष युवराज पौडेल (बाँके), सहसचिव चन्द्रमणि पौडेल (म्याग्दी) र सहकोषाध्यक्षमा बेनुप्रसाद पौडेल (सुनसरी) छन् ।
लेखा समितिको संयोजकमा अमृतप्रसाद पौडेल (बागलुङ) र सदस्यद्वयमा रिषीराम पौडेल (चितवन) र नेत्रप्रसाद पौडेल(झापा) चुनिए । कार्यसमिति सदस्यमा सुदुरपश्चिमबाट सुशीला पौडेल, बमलाल पौडेल, शिवप्रसाद पौडेल र सूर्यप्रसाद पौडेल, कर्णालीबाट हरिप्रसाद पौडेल, कृष्णप्रसाद पौडेल र दुर्गाप्रसाद पौडेल, लुम्बिनीबाट लीलाकुमारी पौडेल, रामचन्द्र पौडेल, प्रेमप्रसाद पौडेल र काशीप्रसाद पौडेल निर्वाचित बने।
गण्डकीबाट देवीलाल पौडेल पाध्या, रुद्रप्रसाद पौडेल, प्रा. डा. दुर्गादत्त पौडेल, प्रा. डा. कृष्णप्रसाद पौडेल, छत्रधर आत्रेय पौडेल, चन्द्रमणि उपाध्याय पौडेल, रामचन्द्र पौडेल र भरतराज शर्मा पौडेल छन् । मधेसबाट नारायणदत्त पौडेल, रामबहादुर पौडेल, जनकप्रसाद पौडेल र सन्तोष पौडेल, कोशी प्रदेशबाट रामकुमारी पौडेल, ज्ञानप्रसाद पौडेल, युवराज पौडेल, वेदनिधि पौडेल, श्यामकुमार पौडेल, राधाकृष्ण पौडेल, नारायणप्रसाद पौडेल र गणेशप्रसाद पौडेल निर्वाचत भए ।
बागमती प्रदेशबाट नारायण पौडेल, कुलकुमारी पौडेल, बनमाली पौडेल, कृष्णगोपाल पौडेल, नवराज पौडेल, सुमन पौडेल, वासुदेव पौडेल र अग्नि पौडेल केन्द्रीय सदस्य चुनिएका छन् । निर्वाचनका लागि पुुरुषोत्तम पौडेलको संयोजकत्वमा अनन्त पौडेल, मनोज पौडेल, रुद्रमणि पौडेल र बाबुराम अधिकारी रहेकोे निर्वाचन समिति गठन गरिएको थियो । नवनिर्वाचित अध्यक्ष हरिरामले बन्धुहरूबीच आपसी भाइचारा अभिबृद्धि गर्दै राष्ट्रिय हितका साथै सबैको कल्याण, उन्नति र प्रगतिमा महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने वाचा गरे ।
संस्थापक अध्यक्ष लोकनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वदेशी र विदेशी गरी ७ सय ५० प्रतिनिधि र पर्यबेक्षक सहभागी थिए । महाधिवेशनले चितवनमा केन्द्रीय कार्यालय र काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गर्ने निर्णयसहित बंशावली निर्माण एवं कुलपूजा विधिसम्बन्धी पुस्तक प्रकाशन गर्ने निर्णय गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
