एकमात्र बयानमा फैसला भयो, न्यायका लागि सर्वोच्च जान्छुः सन्दिप लामिछाने

काठमाडौँ ।  जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी गर्दै क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएपछि उनले न्यायका लागि सर्वोच्च अदालत जाने बताएका छन्। जबरजस्ती करणीको आरोपमा अदालतबाट दोषि ठहर भएलगत्तै सन्दीप लामिछाने क्रिकेटबाट पनि अलग भएका छन् ।

उनले भनेका छन्, ‘म आफ्नो जीवन, करियर र भविष्यको अग्नीपरीक्षामा छु । मलाई एउटा अपराधिक षड्यन्त्रमा शूली चढाइएको छ।’ अदालतले वास्तविकताभन्दा टाढा रहेर फैसला गरेको भए पनि न्याय प्रणाली र कानूनप्रतिको आफ्नो विश्वास नधर्मराएको सन्दिपले उल्लेख गरेका छन्। ‘ममाथि गरिएको फैसला षड्यन्त्र, क्रोध, डिजाइन र एकमात्र बयानमा आधारित छ जस्तो लाग्छ । एकातर्फ म मिडियाको ट्रायल र डिप्रेसनबाट गुज्रिरहेको छु भने अर्कातर्फ उत्तिकै बलियो र न्यायको आशामा छु,’ उनले भनेका छन्।

Advertisement

पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्

More News last news
Loading...