इन्स्पेक्टर थापालाई सेवाबाट हटाउने तयारी, ७ दिने स्पष्टीकरण माग

काठमाडौं l सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुसान्त थापालाई विभागीय कारबाही गर्ने तयारी भएको छ । गत मंसिर २१ देखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने गरी विभागीय कारबाहीको तयारी भएको हो।

त्यसका लागि गृह मन्त्रालयले मंगलबार विभागीय कारबाही गर्नु नपर्ने भए कारणसहित ७ दिने स्पष्टीकरण पेश गर्न सूचना जारी गरेको छ ।
सशस्त्र प्रहरी नियमावलीमा बिदा स्वीकृत नगराई १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा विभागीय कारबाहीको व्यवस्था छ ।

Advertisement

More News last news
Loading...