लोकप्रिय हाँस्यकलाकार दिवाकर भण्डारी (सापटी काका) हाँस्यशृखला ‘मेरी बास्सै’ को निर्देशक छन् । झण्डै २ वर्षदेखि ‘मेरी बास्सै’ को कथा लेख्दै र मुख्य सहायक निर्देशकको रुपमा काम गर्दै आएका उनले ७६४औँ शृखलाबाट निर्देशनको काम सम्हालिरहेका छन् । मेरी बास्सैको निर्देशनसँगै लेखनसमेत गर्दै आएका उनी २०५२ सालमा ‘धुन’ नामक टेलिफिल्मबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका हुन्। ‘धुन’ पछि भण्डारीले १३ वटा चलचित्र र ८ वटा टेलिशृंखलामा काम गरिसकेका छन्। उनले खिचँडी, गडबडी, पुतली, खासखुसलगायत दर्जनौं टेलिचलचित्र, चिनो, राज, मेरी गंगा, नाइ नभन्नु ल–२, हाँसीदेउ १ फेरलगायत दर्जनौँ नेपाली कथानक चलचित्रमा समेत काम गरिसकेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
