वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–१४ मान्खुका युवा हरिप्रसाद अर्यालको रुसमा युद्धको क्रममा मृत्यु भएको छ । नेपाली सेनामा भर्ती भएको तीन वर्षमा नै अर्यालले उक्त जागिर छोडेर रुसी सेनामा भर्ती भएको परिवारले जनाएको छ । दुबईमा केही समय बसेर गत कार्तिक ३ गते दुबई हुँदै रुस गएका २३ वर्षीय उनको युद्धको क्रममा मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टी गरेको छ ।
वालिङ नरपालिका–१४ को वडा कार्यालयलाई परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागले मंगलबार दिउँसो अर्यालको निधनको खबर गरेपछी उनका परिवारलाई सूचना दिइएको सोही वडाका वडा अध्यक्ष बोधराज कुँवर (राजु) ले बताए ।
डिसेम्बर ३ मा घटना घटेपनी डिसेम्बर २८ मा घटनाको सूचना आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि पुतलीबजार नगरपालिका–५ का पितम कार्कीले समेत केही समय अगाडि रुसमा युद्धकै क्रममा ज्यान गुमाएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
