माइतीघर मण्डलबाट सिके राउतसहित कार्यकर्ता पक्राउ

काठमाडौं । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउत सचिव बिपी साह लगायत एक दर्जनभन्दा बढी कार्यकर्ता माइतीघरबाट पक्राउ परेका छन् ।

उनीहरू धोती दिवस मनाउने क्रममा बबरमहलस्थित कला परिषद्मा जम्मा भएर निषेधित क्षेत्र माइतीघरतर्फ अघि बढेका थिए । सोही क्रममा प्रहरीले माइतीघर क्षेत्र निषेधित क्षेत्र भएको बताउँदै अगाडि नबढ्न चेतावनी दिएको थियो ।

Advertisement

चेतावनी दिँदा पनि नमानेपछि प्रहरीले उनीहरूलाई धरपकड गरेको हो । प्रहरीले राउत सहितका कार्यकर्ताहरूलाई प्रहरी भ्यानमा हालेर लगेको छ । अहिले उनीहरूलाई पुलिस क्लबमा राखिएको छ ।

More News last news
Loading...