ताराबहादुर कुँवर ‘कर्म श्री’ र ‘Honorary Doctorate Award’ बाट सम्मानित

काठमाडौँ । समाजसेवी तारा बहादुर कुँवर छेत्री भारतको Socrates Social Research University  ले गर्ने “Honorary Doctorate Award” तथा “कर्म श्री” अवार्ड बाट सम्मानित भएका छन् ।

कुँवरलाई विश्वविद्यालयले लामो समयदेखि समाजसेवामा सक्रिय रहेको भन्दै मानार्थ डाक्टर उपाधी र कर्म श्री अवार्डबाट सम्मानित गरेको जनाएको छ ।

Advertisement

हेभी इक्युपमेन्ट व्यवसायी महासंघका निवर्तमान अध्यक्षसमेत रहेका व्यवसायी कुँवर चक्रपथ सरसफाइका संयोजक, हजुरलाई नमस्ते परोपकारी संस्था लगायत दर्जनौ संस्थामा पनि सक्रिय छन् । केहि दिन अघि मात्रै पनि कुँवरले काभ्रेका विपन्न नागरिक, ज्येष्ठ नागरिक, एकल महिला, अशक्त तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई न्यानो कपडा बितरण  गरेका थिए ।

समाजसेवी कुँवर प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट पनि विभूषित भइसकेका छन् । उनलाई लामो समयदेखि समाजसेवामा सक्रिय रहेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो पदकबाट सम्मानित गरेका हुन् ।

More News last news
Loading...