कैलालीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको पहिलो बिहे दर्ता, शर्मा र चौधरीले पाए कानुनी मान्यता

काठमाडौँ । धनगढीमा एक यौनिक तथा लैङ्गिक अल्पसंख्यक जोडीले कानूनी मान्यता (विवाह दर्ता) पाएको छ । विवाह दर्ता लगत्तै निल हिरा समाजकी अध्यक्ष पिंकी गुरुङको अध्यक्षतामा पत्रकार सम्मेलन गरेर सो नवविवाहित जोडीले विवाह दर्ता बारे जानकारी दिएका छन् ।

करिब ४ वर्ष अघि नै विवाह गरेपनि विवाह दर्तालाई प्रशासनले मान्यता नदिएपछि पिंकी गुरुङको नेतृत्वमा १० जनाको समुहले सर्वोच्च अदालतमा मुद्धा दायर गरेको थियो ।

Advertisement

कैलाली गाउँपालिका–८ कैलालीका प्रकाश चौधरी (नाम परिवर्तन) र तुलसीपुर उपमहानगरपालिका-९ दाङकी मलिना शर्मा (नाम परिवर्तन) बीच विवाह भएको चार वर्षपछि विवाहले कानूनी मान्यता  (वि.स. २०८० पुस ६ गते) मात्रै पाएको हो।

समाजकी अध्यक्ष गुरुङले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यको विवाहले यसरी मान्यता पाउनु ठुलो उपलब्धि भएको बताइन् । उनले, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई अझै यस्ता धेरै आधारभूत समस्या रहेको भन्दै त्यसमा सफल हुन समाज र समग्रमा सबै व्यक्ति चनाखो भएर लाग्नुपर्ने बताइन् ।

गत १२ असारमा सर्वाेच्च अदालतले समलिङ्गी विवाहलाई मान्यता दिएपछि कैलालीमा चौधरीको जोडीले पहिलोपटक विवाह दर्ता गराएका हुन् । यसअघि लमजुङमा भएको विवाह दर्तालाई “सर्वोच्चको आदेश बमोजिक अस्थायी अभिलेख” भनि विवाह दर्ता गरिएको भएपनि कैलालीको यो विवाह दर्तालाई भने प्रशासनले स्थायी विवाह दर्ताकै मान्यता दिएको छ।

More News last news
Loading...