निल हिरा समाजको बृहत्त अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ । निल हिरा समाजद्वारा आयोजित ‘हामी सबै भिन्न, हामी सबै समान’ भन्ने मुल नाराका साथ बृहत्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार ललितपुरको हिमालय होटलमा आयोजित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको कार्यक्रमलाई युएन ओमेनले सहयोग गरेको थियो ।

निल हिरा समाजका उपाध्यक्ष उमेश पाण्डेको सभापतित्वमा आयोनित कार्यक्रममा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानु भक्त जोशीको प्रमूख आतिथ्यता रहेको थियो । कार्यक्रममा सांसद्हरु महिमा कार्की, सीता मिजार, विना शाह, स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरु, नेपाल प्रहरीका मानवअधिकार सेल प्रमूख अपिल बोहोरा, शिक्षा मन्त्रालयका उपसचिव गौरी शंकर पाण्डे लगायतले धारणा राखेका थिए ।

Advertisement

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक [एलजीबीटीआई] समुदायका दुई सदस्यहरु सिम्रन शेरचन र एलन भण्डारीले ट्रान्सजेन्डर मेन, ओमेनका समस्या, चुनौती र आफुँहरुले भोकेका समस्याका बारेमा आ-आफ्ना अनुभव शेयर गरे ।

हामीले आफ्ना सन्तान भन्ने भूलेछौँ : प्रमूख अतिथि जोशी

नेकपा एकिकृत समाजवादीका नेता तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानु भक्त जोशीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई सामान्य पनि बुझ्न नसक्दा हामीले आफ्ना छोरा छोरी सन्तान भन्ने भूले जस्तो भएको बताए ।

हामीले यो समुदायलाई हेरेर कानुन बनाउन नसब्दा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भाइबैनीहरु राती-राती बाटोमा उभिनुपर्ने अवस्था आएको भन्दै जोशीले अब समस्या समाधान गर्न लाग्ने र त्यसमा सल्लाह सुझाब दिन पनि समाजका अगुवालाई आग्रह गरेका छन् ।

यस कार्यक्रममा आएर ट्रान्सजेन्टर मेल र फिमेलका कुरा सुन्दा आफुँले यस मुदायबारे धेरै कुरा बुझ्न पाएको भन्दै जोशीले यस समुदायका कुरा समितिमा राख्ने र आवश्यक प्रक्रिया अगाडी बढाउने बताए ।

म लज्जित छु, सुधार्न प्रतिबद्ध छु : स्वास्थ्य सचिव पोखरेल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले आफुँलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका बाबुनानीको समस्या समाधान गर्न नसकेकोमा लज्जित हुने गरेको बताएका छन् । निल हिरा समाजको अन्तरक्रिया कार्यक्रमा बोल्दै पोखरेलले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुलाई उपचार लिनै समस्या हुने गरेको पनि बताए । अब हामी सयलाई सुधार्न लाग्छौँ, यस विषयमा अझै बृहत्त छलफल गरौँ । ‘म व्यक्तिगत र मन्त्रालयको तर्फबाट उहाँहरुलाई सहज हुनेगरी सुधार्न प्रतिबद्ध छु ।’

७ वटै प्रदेशमा मुद्धा चलाउने प्रहरी अधिकृतहरुलाई  तालिमको तयारी

नेपाल प्रहरीका मानवअधिकार सेल प्रमूख अपिल बोहोराले सामान्य कुरामा पनि बुझाइ फरक पर्न जाँदा लैंगिक तथा अल्पसंख्यक समुदायले अनाहकमा दुःख पाएको भन्दै ७ वटै प्रदेशमा मुद्धा चलाउने प्रहरी अधिकृतहरुलाई यसबारेमा तालिम दिने तयारी गरेको बताए ।

यसैगरी बोहोराले, अब देशका मुद्धा चलाउने प्रहरी कार्यालयमा मात्रै भएपनि ‘पुरुष, महिला, बालबालिका तथा एलजीबीटीआइ’ छुट्याएर सौचालय बनाउन गृह मन्त्रालय सहमत भएको पनि खुलासा गरेका छन् ।

कार्यक्रममा बोल्ने सांसद्हरुले लैगित तथा यौनिक अल्पसंख्यक समुदायको मुदामा ऐकेबद्धता जनाउँदै सो समुदायका व्यक्तिहरुमाथि गरिने विभेद्कारी धरपकड तुरुन्त बन्द गर्न पनि आग्रह गरेका छन् ।

More News last news
Loading...