काठमाण्डौ । चितवनबाट झण्डै चार क्विन्टल गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तीन सय ९६ किलो गाँजासहित भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थानाका ४५ वर्षीय अनिल गिरी र कुतवपुर गाउँका ३७ वर्षीय राजपाल सिंह पक्राउ परेका हुन् ।
उनीहरुलाई प्रहरीले हिजो बेलुका सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरुलाई भरतपुर महानगरपालिका–१ को आँपटारीबाट पक्राउ गरिएको हो।
उनीहरुले भारतीय नम्बर प्लेटको ट्रकमा क्याबिनको भागमा फल्स बटम बनाइ प्लास्टिकको बोरामा २८ पोका गाँजा लुकाइ–छिपाइ ल्याउँदै गरेका थिए । प्रहरी उपरीक्षक रामेश्वर कार्कीसहितको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई लागुऔषध ओसारपोसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
