सहकारी पत्रकार समाजकाे अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित

काठमाडौ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) काे अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित भएका छन् । सिजेएनकाे १३ औँ बार्षिक साधारणसभाबाट श्रेष्ठकाे अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्विराेध चयन गरेकाे हाे ।

श्रेष्ठ दाेश्राे कार्यकालका लागि अध्यक्ष चयन भएका हुन् । समाजको उपाध्यक्षमा अर्जुन खतिवडा, सचिवमा सन्ताेष राेकाया, सह-सचिवमा सुधा देवकाेटा र काेषाध्यक्षमा माधव कुमार खड्का चयन भए ।

Advertisement

यस्तै सदस्यमा नमिता दुलाल र बलराम बुढाथाेकी रहेका छन् । समाजकाे विधान अनुसार २ सदस्य पछि मनाेनित गरिने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिए । नवनिर्वाचित कार्यसमितिलाई मुख्य निर्वाचन अधिकृत बिष्णु गिरी लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

नवर्निवाचित अध्यक्ष श्रेष्ठले सबै कार्यसमितिलाई साथमा लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए । श्रेष्ठले अाफ्नाे कार्यकालमा बार्षिक क्यालेन्डर बनाएर संस्थालाई सक्रिय बनाउने बताए ।

More News last news
Loading...