काठमाडौँ । धनुषामा ६ वर्षीया एक बालिकाको हत्या भएको छ। सबैला नगरपालिका-९ कुसमहा सतोखरकी बालिका राखी यादवको हत्या भएको हो।
गएराति बालिकाको शव नग्न अवस्थामा सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा भेटिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब निरीक्षक रञ्जन अवालेले जानकारी दिए। बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ।
शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ। घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रवक्ता अवालेले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
