काठमाडौँ । काठमाडौँको नागढुंगा (खरिबोट) मा ट्रकको ठक्करबाट स्कुटरमा सवार स्थानीय महिलाको उपचारको क्रममा मृत्यु भएपछि शनिबार बिहानदेखि नागढुंगा क्षेत्र तनावग्रस्त बनेको छ । स्थानीयले सडक अवरूद्ध गरेपछि प्रहरीले सडक खुलाउने क्रममा दोहोरो झडप भएको छ ।
झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फका केही घाइते भएका छन्। प्रहरीले चन्द्रागिरी नगरपालिका-२ का वडाध्यक्ष भाइकृष्ण तामाङसहित ८/९ जनालाई नियन्त्रणमा लिएको एसपी कुमोद ढुंगेलले जानकारी दिए। अहिले नागढुंगामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। सवारी आवागमन पनि दुइतर्फी नै सञ्चालनमा आएको छ ।
ट्रकको ठक्करबाट ज्यानै जाँदासमेत ट्रकसँग सम्बन्धित व्यक्तिहरूले पीडित पक्षसँग छलफल नगरेको भन्दै स्थानीय आन्दोलित भएका हुन्।उनीहरूले ट्रकको सम्बन्धित समितिलाई छलफलमा बोलाउन माग गर्दै सडक अवरूद्ध पारेका हुन्। आज बिहान १० बजे पनि केहीबेर सडक अवरूद्ध गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
