काठमाडौं । विद्यार्थीको प्रतिभाको प्रस्फुटन तथा विकासका लागि प्याब्सन नागार्जुनले मंसिर २३ गते एलेन मेमोरियल स्कूलमा इन्टर स्कूल कल्चरल प्रतियोगिता आयोजना गर्ने भएको छ।
२०८० मंसिर २० गते प्याब्सन नागार्जुनले नगरपालिका स्थित एलेन मेमोरियल स्कूलमा कार्यक्रम गर्ने प्रेस विज्ञप्ति मार्फत जनाएको हो । प्याब्सन नागार्जुन नगरपालिकाका अध्यक्ष वासुदेव घिमिरेले प्रेस विज्ञप्तिमार्फत २६ वटा स्कूल र करिव ३६४ जना विद्यार्थी सहभागी हुने बताए ।
त्यसैगरी, नागार्जुन नगरपालिका प्याब्सन उपाध्यक्ष तथा कार्यक्रमका संयोजक समेत रहेकी देवी ढकालले सांस्कृतिक नृत्य प्रतियोगिताका बारेमा आवश्यक नियमबारे प्रष्ट पारेका थिए ।
पत्रकारले उठाएका जिज्ञाशाको जवाफ दिँदै उनले मंसिर २१ गतेसम्म नृत्यमा सहभागिता जनाउनेहरूको नाम दर्ता गराइसकेको हुनुपर्ने, फरक दुई संस्थाबाट नृत्य प्रतियोगितामा निर्णायक मण्डल बनाइने, नृत्यको अवधी पाँच मिनेट मात्र रहने, सांसद् केशब पोख्रेल प्रमुख अतिथिका रुपमा रहने, ढकालले प्रष्ट पारेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौँथो २ गरी जम्मा ७ विद्यालय र १ उत्कृष्ट नृत्य पुरस्कृत हुनेछन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
