काठमाडौं । काठमाडौंको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ। गएराति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्यूरोडस्थित ओम्पाल गोल्ड शप सँगैको कारखानामा छापा मारेको हो ।
सो क्रममा अनुमानित ७ किलो अवैध सुनसहित सञ्चालक कैलालीका पदम पाण्डेलाई पक्राउ गरिएको एसपी रवीन्द्र रेग्मीले बताए ।
उनका अनुसार केही बिस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा भेटिएको सुन अहिले जोख्ने कार्य भइरहेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
