जिल्ला अदालत अगाडि ट्राफिक बत्ती राख्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बबरमहलमा रहेकाे काठमाण्डाै जिल्ला अदालत अगाडि ट्राफिक बत्ती राख्न थालेकाे छ ।

काठमाण्डाै जिल्ला अदालत अगाडिको जेब्रा क्रसिङमा गाडीका कारण पैदलयात्री दुर्घटनामा पर्न थालेपछि त्याे ठाउँमा ट्राफिक बत्ती राख्न लागिएको हो । आज शुक्रवारदेखि महानगरपालिकाले बत्ती जडानको काम अगाडि बढाएको छ ।

Advertisement

कानुन व्यवसायीहरूको अग्रसरतामा काठमाण्डाै महानगरपालिकासँग ट्राफिक व्यवस्थापनको माग गरिएकोमा त्यहीअनुसार महानगरपालिकाले बत्ती जडान गर्न लागेको अधिवक्ता कमलप्रसाद पोखरेलले बताउनुभयो । उहाँले ट्राफिक बत्ती पदलयात्रीहरूले आफ्नो अनुकूलतामा स्विच बटन थिचेर रातो बत्तीमा गाडी रोकिएपछि बाटो काट्न सक्ने बताउनुभयो ।

जडानकाे काम सकिएपछि केही दिनभित्रमा नै ट्राफिक बत्तीको उद्घाटन गरिने जनाइएको छ ।

More News last news
Loading...