गुल्मीमा भोलि सार्वजनिक बिदा !

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकाले बिहीबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार सूचना निकालेर नगरपाालिकाले प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकोले बिहीबार हरिशयनी एकादशीका दिन बिदा दिएको जनाएको हो ।

Advertisement

बिहीबार रेसुङ्गा नगर कार्यपालिकाको कार्यालय, नगरपालिका मातहतका सम्पूर्ण कार्यालय, सम्पूर्ण शिक्षण तथा स्वास्थ्य संस्था र अन्य सार्वजनिक संस्थामा बन्द रहने प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिए ।

More News last news
Loading...