जुत्तामा आचार्य राखिएकोप्रति आचार्य समाजको आक्रोश, कारबाहीको माग

काठमाडौँ । आचार्य नाम गरेको जुत्ता उत्पादन गर्ने कम्पनीका विरुद्धमा आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिले आपत्ति जनाउँदै प्रहरीमा उजुरी दिने निर्णय गरेको छ। आचार्य समाजको काठमाडौँमा बसेको बैठकले उक्त जुत्ता कम्पनीविरुद्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कारबाहीका लागि निवेदन दिने निर्णय गरेको हो।

समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले सामाजिक सञ्जालमा भाइरल हुने गरी बुष्टसमेत गरेर प्रचार गरिएको जुत्ता कुन कम्पनीले उत्पादन गरेको हो वा प्रचार सामाग्रीमा आचार्यहरूको मानमर्दन हुने गरी किन राखिएको हो भन्ने विषयमा पत्ता लगाएर कारबाहीको माग गरिने बताए ।

Advertisement

उनले जुत्तामा राखिएको आचार्यहरूको थर तत्काल हटाउन भूमिका खेल्न र थरकै अपमान हुने गरी नाम राख्ने कम्पनीलाई माफी मगाई हदैसम्मको कारबाही गर्न माग पनि गरेको जानकारी दिए। यस्तै बैठकले कम्पनीलाई प्रहरीले कारबाही नगरे अन्य कानुनी प्रक्रिया अपनाउने निर्णय गरेको छ।

यस्तै आचार्य समाजका अगुवाहरूले अदालतमा क्षतिपूर्ति माग दाबीसहित निवेदन दिनुपर्ने, अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दिनुपर्ने लगायतका विषय उठाएका छन् । प्रहरीमा उजुरी दिनका लागि अधिवक्ता मुक्ति आचार्यलाई जिम्मा दिइएको आचार्य समाजले जनाएको छ । उक्त कम्पनीले टिसर्टमा पनि आचार्य नाम राखेको छ।

More News last news
Loading...