स्वयम्भुमा मोटरसाइकल दुर्घटना हुँदा धादिङका सुजनको मृत्यु

काठमाडौं । काठमाडौंको स्वयम्भुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान काठमाडौं महानगरपालिका – १५ स्वयम्भू चमतीस्थित सडकमा प्रदेश ३ -०१-२३ च ०४७० नम्बरको गाडीले बागमती प्रदेश ०२-०४४ प १७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकलमा सवार धादिङ ज्वालामुखी गाउँपालिका-२ घर भई हाल काठमाडौं बानियाँटार बस्ने २५ वर्षीय सुजन तामाङको मृत्यु भएको महानगरीय प्रहरी वृत्त स्वम्भुका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) पुर्णिमा चन्दले जानकारी दिए।

Advertisement

मोटरसाइकलमा २ जना सवार थिए। धादिङका विक्रम तामाङले मोटरसाइकल चलाएका थिए भने त्यसको पछाडी सुजन तामाङ बसेका थिए।

परिवारका अनुसार केही समय अगाडी मात्रै ‘मृत्यु’ बोलको गित निकालेका सुजन कलाकारितामा रुचि राख्थे। मोटरसाइकल चालक विक्रम भने ट्रमा सेन्टरमा उपचाररत छन् । घाइते विक्रम सशस्त्र प्रहरी बलका जवान हुन्।

More News last news
Loading...