एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो ।

शैक्षिक सत्र २०८१ मा एसईई परीक्षाम समावेश हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरिएको हो। मङ्सिर मसान्तसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ।

Advertisement

मङ्सिर मसान्तसम्म फाराम भर्दा ३०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ भने दोब्बर दस्तुरमा ६०० रुपैयाँ तोकिएको छ। दोब्बर दस्तुरका लागि पुस १ देखि १५ गतेसम्मको समय तोकिएको छ।

More News last news
Loading...