काठमाडौं l काठमाडौं महानगरपालिकाले दुई जना कर्मचारी मागेको छ। महानगरमा सञ्चालित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम)बाट स्वीकृत प्राविधिक सहायक र रोजगार सहायक पदमा पदपूर्तिका लागि महानागरले दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र माग बमोजिमको विवरणसहित महानगरमा सम्पर्क गर्न सूचनामा भनिएको छ।
प्राविधिक सहायक पदका लागि सिभिल इन्जिनियरिङमा प्रमाणपत्र वा ओभरसियर वा डिप्लोमा तह हुनुपर्ने र रोजगार सहायक पदका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ।
सानै आधारभूत कम्प्युटर सीप सम्बन्धी कम्तीमा ३ महिनाको तालिम लिएको हुनुपर्ने सूचनामा जनाइएको छ। आवेदन आजको मितिले १५ दिनभित्र दिनुपर्ने बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
