समाजसेवी कुँवरद्वारा रक्षा नेपाललाई डेढ लाख बराबरको खाद्यान्न हस्तान्तरण

काठमाडौँ । समाजसेवी तारा बहादुर कुँवरले रक्षा नेपाललाई डेढ लाख बराबरको खाद्यान्न सहयोग गरेका छन् । समाजसेवी कुँवर नेतृत्वको हजुरलाइ नमस्ते परोपकारी संस्थाले रक्षा नेपाललाई दशैँको अवसरमा खाद्यान्न हस्तान्तरण गरेको हो ।

लामो समयदेखि समाजसेवा गर्दै आएको परोपकारी संस्थाले ३० बोरा चामल, १० बोरा चिउरा, २ बोरा आलु, २ बोरा गेडागुडी, १ बोरा प्याज, ५० लिटर खाने तेल, ३ किलो घिउ, ७ किलो मिठाइ, २ गाडी दाउरा सहयोग गरेको हो ।

Advertisement

नेपालीहरुको महानपर्व बडा दशैँको अवसरमा रक्षा नेपालकी अध्यक्ष मेनुका थापा बैनी र त्याहाँ रहेका भान्जीहरुलाई दशैँ मनाउन खाद्यान्न सहयोग गरेको संस्थाका अध्यक्ष कुँवरले नयाँ पुस्तालाई बताए ।

More News last news
Loading...