दशैंको अवसरमा शुभकामना तथा जलपान कार्यक्रम सम्पन्न

काठमाडौँ । कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाले नेपालीहरुको महान् चाड बडा दसैँ तथा शुभ दिपावलीको अवसर पारेर आइतबार शुभकामना तथा जलपान कार्यक्रमको आयोजना ग-यो ।

रजत जयन्तीको अवसर पारेर सो संस्थाले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । सो कार्यक्रमका संयोजक सुन्दर थापाले रजत जयन्तीको अवसर पारेर विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्दै आएको बताए ।

Advertisement

जलपान तथा शुभकामना आदान प्रदान कार्यक्रममा धादिङको धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आर्चाय, काठमाडौँ महानगरपालिका–१४ का अध्यक्ष सुमन श्रेष्ठ, संस्थाका अध्यक्ष वीरबहादुर थापा, स्थानीय समाजसेवी ओम थपलिया लगायतले नेपालीहरुको महान् चाड बडा दसैँ तथा अन्य चाडले शान्ति र खुसियाली ल्याउन सकोस भन्दै शुभकामना दिएका थिए ।

सो शुभकामना आदान प्रदान कार्यक्रममा स्थानीय समाजसेवी तथा अग्रणी व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

More News last news
Loading...